आज २७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 10:39:48 AM मा प्रकाशित

laxmi sunrise bank

आज आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको २७ सय रुपैयाँले घटेको हो । यसदिन सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ७४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २१ हजार १४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५६ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved