सुनचाँदी व्यवसायीलाई लाग्यो चुनाव, जर्तीको विवाद बन्यो भोट तान्ने अस्त्र !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 05:21:10 PM मा प्रकाशित

नेपालका सुनचाँदी व्यवसायीलाई यतिखेर चुनाव लागेको छ। पूर्वनिर्धारित मितिभन्दा करिब तीन महिनापछि हुन लागेको चुनावमा जर्तीको विवाद भोट तान्ने 'अस्त्र'  बन्न पुगेको छ। 

श्री ऋद्धि सिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र कुमार गुप्ताले शुरु गरेको गहनामा जर्ती नलिने घोषणा चुनावको मूख्य एजेन्डा मात्र नभई यतिखेर चुनावमा भोट तान्ने अस्त्रसमेत बनेको पछिल्लो गतिविधिले देखाएको छ। 

सुनचाँदी व्यवसायलाई पारदर्शी र उपभोक्तामैत्री बनाउनुपर्ने भन्दै गुप्ताले गहनामा जर्ती नलिने घोषणा गरेपछि सुनचाँदी व्यवसायी बीच विवाद सृजना भएको थियो। उपभोक्ता र आम सरोकारवालाले गहनामा जर्ती नलिने गुप्ताको घोषणालाई साथ दिएपनि सुनचाँदी व्यवसायीले भने साथ दिन सकेनन्।

जसकारण सुनचाँदी व्यवसायसँग आबद्द तीन वटै महासंघ बिरोधमा उत्रिए। गुप्ताले बिजपाटी डटकमसँगको अन्तरवार्तामार्फत गहनामा जर्ती नलिने घोषणा गरेका थिए। त्यसयता व्यवसायीबीच जर्तीको विवाद उत्कर्षमा छ ।

स्रोतकाअनुसार गहनामा जर्ती नलिने गुप्ताको घोषणालाई प्रतिस्पर्धी उम्मेदवारहरुले महासंघको आगामी चुनावमा भोट तान्ने अस्त्र बनाएका छन्। आगामी चुनावमा अध्यक्षका प्रत्यासी बहालवाला कार्यबाहक अध्यक्ष अर्जुन रसाइली र बहालवाला तृतीय उपाध्यक्ष विपिन रामुदामु बीच जर्तीको विवाद नै भोट तान्ने अस्त्र बनेको छ।

अध्यक्षका प्रत्यासी रसाइलीले आफ्ना प्रतिस्पर्धी रामुदामुलाई जर्ती नलिने घोषणामा गुप्तासँग मिलेको आरोप लगाएका छन्। यहि आरोपलाई थप मलजल गरेर रामुदामुको भोट काट्ने काम भइरहेको छ। यता रामुदामुले पनि गुप्ताका कारण आफु अप्ठ्यारोमा परेको आफ्ना निकटस्तलाई सुनाउने गरेका छन्।

सुन आयातमा कोटा प्रणाली हटाउनुपर्ने तथा आगामी बजेटमार्फत सुन आयातमा बढाइएको ५ प्रतिशत भन्सार घटाउनुपर्ने कुरलाई जोडदार रुपमा अगाडि बढाउँदा सबै व्यवसायीले साथ दिए पनि गुप्ताले जर्ती नलिने घोषणा गर्दा उनीसँग जोडेर प्रचार गरिएकाले बीना कारण आफु मारमा परेको उनले सुनाएका छन्। 

नेपालका सुनचाँदी व्यवसायीहरु आबद्द नेपाल सुनचाँदी व्यवसायी महासंघको विशेष साधारणसभा तथा महाधिवेशन आगामी असार २४ र २५ गतेको लागि डाकिएको छ। महासंघको आगामी नेतृत्त्वको लागि अहिलेका बहालवाला कार्यबाहक अध्यक्ष रसाइली र तृतीय उपाध्यक्ष रामुदामु बीच नै कडा प्रतिस्पर्धा हुने व्यवसायीहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved