
साताको पाँचौं कारोबार दिन बिहीबार पहेंलो धातु सुनको मूल्य घटेको छ ।
अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बिहीबार भने तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै यो दिन तेजावी सुनको मूल्य पनि २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ३१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २५ हजार ७७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५० रुपैयाँ ५० पैसा तोकेको छ ।
*यसअघिको समाचार सच्याइएको छ ।