साताको पाचौ कारोबार दिन बिहिबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । यो दिन तोलामा १ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने सुन प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यो दिन चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोलामा १५ रुपैयाले बढेको हो । बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार ४३० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३९ रुपैया कायम भएको छ