घरेलु बजारमा बिहिबार पहेंलो धातु सुनको मूल्य बढेको छ । साताको पाचौ कारोबार दिन बिहिबार सुनको मूल्य उकालो लागेको हो । यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ८०० रुपैयाँ थियो ।
त्यसैगरी, यो दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ९४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७२ रुपैयाँ कायम भएको छ ।