सुनको मूल्यमा सामान्य गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2024 | 10:40:52 AM मा प्रकाशित

nepal oil ltd

घरेलु बजारमा मंगलबार पहेंलो धातु सुनको मूल्य घटेको छ । साताको तेश्रो कारोबार दिन मंगलबार सुनको मूल्य ओरालो लागेको हो । 

यस  दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १००   रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार  छापावाला सुनको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ थियो ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार २६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ६३ रुपैयाँ कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved