घट्यो सुनको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2024 | 10:49:26 AM मा प्रकाशित

laxmi sunrise bank

घरेलु बजारमा मंगलबार पहेंलो धातु सुनको मूल्य घटेको छ । साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य ओरालो लागेको हो । 

यस  दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १००   रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार  छापावाला सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ थियो ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ४०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय २९रुपैयाँ कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved