दशैँ विदापछिको पहिलो दिन ह्वात्तै बढ्यो सुन र चाँदीको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2024 | 10:49:56 AM मा प्रकाशित

laxmi sunrise bank

दशैँ विदापछिको पहिलो दिन मंगलबार पहेलो धातु सुनको मूल्य उल्लेख्य बढेको छ। यो दिन सुुनको मूूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुुनको मूूल्य प्रति तोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ। 

अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १००   रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ६००  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ ५० पैआ कायम भएको छ। अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ४०५  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय २९रुपैयाँ कायम थियो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved