
साताको दोश्रो कारोबार दिन बुधबार पहेलो धातु सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । यो दिन सुुनको मूूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुुनको मूल्य प्रति तोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३८ हजार ७२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७२ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ६०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ ५० पैसा कायम थियो ।