निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2024 | 10:45:29 AM मा प्रकाशित

laxmi sunrise bank

साताको दोश्रो कारोबार दिन सोमबार पनि पहेलो धातु सुनको मूल्य हाल सम्मै उच्च भएको छ । यो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर हाल सम्मै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६५ हजार  ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

अघिल्लो कारोबार दिन आइतबार  छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा २० रुपैयाले बढेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९५  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार   चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१  हजार ९७५   रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ९६ रुपैयाँ  कायम भएकोछ ।  अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१  हजार ४६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ७९ रुपैयाँ   कायम थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved