आजपनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2024 | 10:44:15 AM मा प्रकाशित

laxmi sunrise bank

साताको तस्रो कारोबार दिन मंगलबार पनि पहेलो धातु सुनको मूल्य हाल सम्म कै उच्च भएको छ । यो दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर हाल सम्मै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार   चाँदी २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४२ हजार २३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८ सय ५० पैसामा कायम भएकोछ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved