
साताको चौथो कारोबार दिन बुधबार पनि पहेलो धातु सुनको मूल्य हाल सम्म कै उच्च भएको छ । विगत एक साता देखि उच्च रहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो । यो दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर फेरि पनि हाल सम्मै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४२ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८ सय ३० रुपैया ५० पैसा कायम भएको छ ।