निरन्तर उकालो लागेको सुनको मूल्य आज घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2024 | 10:41:18 AM मा प्रकाशित

laxmi sunrise bank

साताको पाचौं  कारोबार दिन बिहिबार पहेलो धातु सुनको मूल्य घटेको छ । विगत एक साता देखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार  छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार  चाँदी २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४२ हजार ३२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ९६ रुपैया  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved