सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2024 | 10:34:50 AM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तीम  कारोबार दिन शुक्रबार पहेलो धातु सुनको मूल्य स्थीर रहेको छ । विगत एक साता देखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज स्थीर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य  प्रति तोला एक लाख ६६ हजार  रुपैयाँमा कारोबार भईरहेको छ। 

अघिल्लो कारोबार दिन बिहिबार पनि छापावाला सुन प्रतितोला १ लाख ६६ हजार  रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार  ९५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४२ हजार ३२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ७४ रुपैया ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved