
साताको दोश्रो कारोबार दिन सोमबार पहेलो धातु सुनको मूल्य बढेर सामान्य अंकले घटेको छ । पछिल्लो समय दैनिक रुपमा बढिरहेको पहेलो धातु सुनको मूल्य आज सामान्य अंकले घटेको हो । यस दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४३ हजार १७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ७० रुपैया ५० पैसा कायम भएको छ ।