सूनको मूल्य नयाँ रेकर्ड, तोलाको १ लाख ७० हजार नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2024 | 10:43:58 AM मा प्रकाशित

laxmi sunrise bank

साताको चौथो कारोबार दिन बुधबार पहेलो धातु सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो । यस दिन सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य  प्रति तोला एक लाख  ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा १५ रुपैयाँले बढेको  छ । आज  चाँदीको मूल्य प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार  १०५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४६ हजार ३५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८ सय १७ रुपैयाँ ५० पैसा  कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved