तिहार पछिको पहिलो कारोबारमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2024 | 10:40:12 AM मा प्रकाशित

laxmi sunrise bank

तिहार पछिको पहिलो कारोबार मंगलबार पहेलो धातु सुनको मूल्य घटेको छ । आज सनुको मूल्य तोलामा २ हजार ८ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य  प्रति तोला एक लाख  ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

अघिल्लो कारोबार दिन अर्थात तिहार अघिको अन्तिम कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा ६० रुपैयाँले घटेको छ । आज  चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४४ हजार २०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ४० रुपैयाँ ५० पैसा  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved