तिहार पछिको दोश्रो कारोबार दिन बुधबार पहेलो धातु सुनको मूल्य बढेको छ । आज सनुको मूल्य तोलामा ३ सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४४ हजार ४६० रुपैँया र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय २७ रुपैयाँ ५० पैसा कायम भएको छ ।