अमेरिकी राष्ट्रपति ट्रम्पले जितेसँगै तोलामै ४ हजारले घट्यो सुनको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2024 | 10:45:38 AM मा प्रकाशित

laxmi sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जिते सँगै नेपाली बजारमा सुनको भाउ ह्वातै घटेको छ । बिहिबार बजारमा सुनको मूल्य तोलामै ४ हजार रुपैयाले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रति तोला एक लाख  ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

अघिल्लो कारोबार दिन बुधबार  छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य भने  तोलामा ५५ रुपैयाँले घटेको छ । आज  चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१ हजार ३५ रुपैँया र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ८० रुपैयाँ ५० पैसा  कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved