सस्तिदै सुन, आज पनि तोलामा २६ सयले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2024 | 10:38:14 AM मा प्रकाशित

laxmi sunrise bank

आज पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ ।  साताको तेस्रो  कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले ओरालो  लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ४८  हजार ७ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यसदिन चाँदीको मुुल्य पनि घटेको  छ । आज चाँदी प्रतितोला  २५ रुपैयाँले घटेको छ ।  महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय ४५ रुपैँयामा  कारोबार भएको थियो ।

दैनिक जसो बढिरहेको सुनको मूल्य भन्सार महसुल घटेसँगै सुनचाँदीको मूल्यका भारि गिरावट आउन थालेको हो ।  सुनमा २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने चाँदीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ सोही कारण सुनको मूल्य ओरालो लाग्न थालेको हो ।  

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख २७ हजार ४  सय ८५ रुपैँया र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved