साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य ओरालो लागेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ८ सय ४० रुपैँयामा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख २८ हजार र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ५६ रुपैयाँ कायम भएको छ ।