तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2024 | 10:34:18 AM मा प्रकाशित

laxmi sunrise bank

साताको तेस्रो  कारोबार दिन मंगलबार सुनको मूल्य उकालो लागेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार  रुपैयाँले उकालो लागेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ५० हजार ३ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार  छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि बढेको छ ।  आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको  हो ।  महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा  कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख २८ हजार ८ सय ६०  र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ८२  रुपैयाँ  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved