साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य सामान्य बढेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख २८ हजार ९ सय ४५ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ८२ रुपैयाँ कायम भएको छ ।