तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2024 | 10:32:41 AM मा प्रकाशित

laxmi sunrise bank

साताको पाचौ कारोबार दिन बिहिबार सुनको मूल्य सामान्य बढेको छ । बुधबारको तुलनामा आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय  रुपैयाँले बढेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ५० हजार ७ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि बढेको छ ।  आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको  हो ।  महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ८ सय ८०  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ८ सय ६५ रुपैँयामा  कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख २९ हजार २ सय  र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय १२ रुपैयाँ  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved