सुनको मूल्य घट्दा चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2024 | 10:33:47 AM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबारको तुलनामा आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय  रुपैयाँले घटेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ५० हजार १ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यसदिन चाँदीको मुल्य भने बढेको छ ।  आज चाँदी प्रतितोला १०  रुपैयाँले बढेको  हो ।  महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ८ सय ९०  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी १ हजार ८ सय ८० रुपैँयामा  कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख २८ हजार ६ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय २० रुपैयाँ  ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved