साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ८ सय ९० रुपैँयामा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख २८ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९९ रुपैयाँ कायम भएको छ ।