उच्च मूल्यबाट ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ । साताको चौथो कारोबार दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यसदिन चाँदीको मुल्य भने यथावत रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३२ हजार २ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।