साताको पाचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा २ हजार रुपैयाँले बढेको सुन आज पनि त्यही मूल्य कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार र बुधबार पनि चाँदीको सोही मूल्य कायम थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३२ हजार २ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।