
साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३२ हजार १ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ८२ रुपैयाँ कायम भएको छ ।