प्रतितोला १६ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2025 | 10:49:10 AM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५  हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ५४  हजार १ सय रुपैयाँमा  कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय ६० रुपैयाँमा कारोबार भईरहेको  छ । शुक्रबार चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख ३३ हजार ४ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved