
साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला एक लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३३ हजार ५ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।