घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2025 | 10:39:21 AM मा प्रकाशित

laxmi sunrise bank

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५  हजार  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला एक लाख ५५  हजार ८ सय रुपैयाँमा  कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो ।  महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय २० रुपैयाँमा कारोबार भईरहेको  छ । सोमबार  चाँदी प्रतितोला  १ हजार ८  सय ६० रुपैयाँमा  कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख ३२ हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved