
साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३३ हजार २ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ६९ रुपैयाँ कायम भएको छ ।