
साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबा् चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३५ हजार ३ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।