
साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३४ हजार ६ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।