तोलामा सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2025 | 10:38:59 AM मा प्रकाशित

laxmi sunrise bank

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  आज सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७  हजार  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला एक लाख ५७  हजार १ सय रुपैयाँमा  कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय ६० रुपैयाँमा कारोबार भईरहेको  छ । आइतबार पनि  चाँदी प्रतितोला  सोही मूल्यमा  कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख ३४ हजार ६ सय  र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved