तोलामा ११ सयले बढ्यो सुनको मूल्य, यस्तो छ मंगलबार सुनचाँदीको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2025 | 10:37:47 AM मा प्रकाशित

laxmi sunrise bank

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।  आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५८  हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला एक लाख ५७  हजार  रुपैयाँमा  कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय ७६ रुपैयाँमा कारोबार भईरहेको  छ । सोमबार  चाँदी प्रतितोला  १ हजार ८ सय ६० रुपैयाँमा  कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख ३५ हजार ५ सय  ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved