
साताको तेस्रो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार १ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय २४ रुपैयाँ ५० पैसा कायम भएको छ ।