घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2025 | 10:40:10 AM मा प्रकाशित

laxmi sunrise bank

बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला एक लाख ६०  हजार रुपैयाँमा  कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय ७५  रुपैयाँमा कारोबार भईरहेको  छ । बुधबार  चाँदी प्रतितोला  १ हजार ८ सय ९५ रुपैयाँमा  कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख ३६ हजार ८ सय  ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved