
दुई दिन देखि लगातार स्थिर रहेको सुनको मूल्य मंगलबार भने बढेको छ। आज सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेका छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४१ हजार २ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ५४ रुपैयाँ ५० पैसा कायम भएको छ ।