
बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला दुई हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४३ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९३ रुपैयाँ कायम भएको छ ।