तोलामा ४ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2025 | 10:38:40 AM मा प्रकाशित

laxmi sunrise bank

शुक्रबार  नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी  प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार  चाँदी प्रतितोला एक हजार ९  सय  ८० रुपैयाँमा  कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४४ हजार १ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय २ रुपैयाँ  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved