
मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । मआज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार ९ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ६७ रुपैयाँ ५० पैसा कायम भएको छ ।