बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2025 | 10:42:12 AM मा प्रकाशित

बुधबार नेपाली बजारमा  सुनचाँदीको मूल्य  बढेको छ । आज सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य  पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन  चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४६ हजार १ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय १४ रुपैयाँ  ५० पैसा  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved