शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ४ हजार रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ६ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५७ रुपैयाँ ५० पैसा कायम भएको छ ।