सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2025 | 10:42:13 AM मा प्रकाशित

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबार उच्च मूल्यमा पुगेको सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १ सय  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य  पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन  चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५३ रुपैयाँ  ५० पैसा  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved