सोमबार सुनको मूल्य स्थिर,चाँदीको सामान्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2025 | 10:38:35 AM मा प्रकाशित

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १ सय  रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन  चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ४९ पैसा  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved