सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै एक लाख ७५ हजार नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2025 | 10:42:03 AM मा प्रकाशित

मंगलबार  सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २ सय  रुपैयाँमा कारोबार  भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो । 

आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार २ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५७ रुपैयाँ ५० पैसा  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved