बुधबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५३ रुपैयाँ ५० पैसा कायम भएको छ