सोमबार सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2025 | 10:39:51 AM मा प्रकाशित

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार  सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४८ हजार ७ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९७ रुपैयाँ ५० पैसा  कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved